30th march 010

photo by= b&B

धेरै पछि आज एउटा मुभी हेरेर सुत्दा राति अबेर मात्र सुतियो । निकै गर्मी बढेकोले झ्यालको पर्दा पनि खुल्लै राखेर सुतेको थिएँ । चाँडै निदाइएछ । एक्कासी सबैतिर रातो, उज्यालो र चम्किलो भएजस्तो लाग्यो, बिहान भइसकेको रहेछ, घामको उज्यालो सिधै मेरो आँखामा परेकोले यस्तो भएको रहेछ । झट्ट करिब १ महिना अगाडिको कुरा याद आयो । हामी तीनजना एउटै कोठामा सुतेका थियौँ, धुलिखेल रिसोर्टमा, राजेशजी, खिमाजी र म । राजेशजी काठमाडौँकै रैथाने मान्छे, खिमाजी मध्यपश्चिम पहाडबाट आउनुभएको, म पर्ूवेली गाउँले ठिटो । त्यसदिन पनि राती त्यस्तै १२/१ बजेमात्र सुतेका थियौँ, तर खिमाजीको बिहानै उठ्ने बानी रहेछ । वहाँसँगै राजेशजी पनि उठिहाल्नुभयो म भने तन्द्रामै थिएँ । वहाँहरु केही कुराकानी गर्दैहुनुहुन्थ्यो । एकछिन पछि राजेशजीले कोठाभित्रैबाट भन्नुभयो- ‘आहा! कतिराम्रो सनर्राईजिङ हर्ेनाेस् त खिमासर – ।’ उहाँ एकदमै रोमाञ्चित र आनन्दित हुनुभयो । यसले मलाई अलिक जाग्राम बनायो । खिमाजीको उत्तर आयो- ‘यस्तो त गाउँमा हाम्रो गोठबाट सँधै देखिन्छ । भित्रैदेखि हाँसो उठ्यो, हामी दर्ुइजना मात्र हाँस्यौ राजेशजीले हल्कामात्र साथ दिनुभयो ।

साँच्चिकै चिसो बिहानसँगै नजिकैको हरियो डाँडामाथी झुल्किएको सुनौलो घामको दृश्य देख्दा सबैलाई रमाइलो लाग्दो हो । तर सँधै गोठैबाट देखिने त्यो उज्यालो डाँडामाथीको डल्लोले हामीलाई चाहिँ कुनै रमाइलो भएन । …

photo by= b&B
photo by= b&B
photo by= b&B

युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द

In my home town
Since a day before yesterday the main opposition party of Nepal (Maoist) started their second phase of protest again nationally seeking to restore “civilian supremacy”. At Arkhoule Jeetpur VDC of Dhankuta district they show aggression with the cadre of UML.

Two people hardly injured while they fight each other. A head of one cadre has been broken and four fingers has been cut down, likewise another one has badly injured.

एकीकृत माओवादी पार्टी कार्यालय तोडफोड
सिद्धराज राई, धनकुटा, कात्तिक १७- सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको युथ फोर्सका कार्यकर्ताले मंगलबारदेखि अनिश्चितकालीन धनकुटा बन्दको घोषणा गरेको छ। एकीकृत नेकपा माओवादी जिल्ला कमिटी धनकुटा र अन्य जनवर्गीय संगठनको कार्यालय युथफोर्सले मंगलबार बिहान तोडफोड र आगजानी गरेका छन्।
गएराति धनकुटाकै सिधुवा बजारमा युथफोर्सका कार्यकर्ता चढेको ९ वटा मोटरसाइकल र एउटा भ्यानमा माओवादी कार्यकर्ताले आगजानी गरे पछि मंगलबार बिहानैदेखि धनकुटा बजारमा तोडफोड सुरु भएको हो। युथफोर्सका कार्यकर्ताले धनकुटाको हुलाकटोलमा रहेको माओवादीको जिल्ला पार्टी कार्यालय र जनवर्गीय संगठनको बोर्ड र कागजपत्र बाहिर निकाली जलाइदिएका छन्।
युथफोर्स धनकुटाले मोटरसाईकल आगजानी गर्ने घटनामा संलग्न ब्यक्तिलाई कार्वाही गर्नु पर्ने र क्षतिपूर्ति पाउनु पर्ने भन्दै युथफोर्सले बन्दको आयोजना गरेको युथफोर्स धनकुटाका संयोजक प्रवीण पोखरेलले बताए। बन्दको कारण विहानै देखि धनकुटामा सवारीसाधन चलेका छैनन् र पसल खुलेका छैनन्।

यस अगाडि गएराति धनकुटाको सिंधुवा बजारमा घरभित्र राखिएको नौ वटा मोटरसाइकल र १ वटा मारुती भ्यान नेकपा माओबादीका कार्यकर्ताले जलाइदिएका थिए। युथफोर्सका कार्यकर्ताले प्रयोग गरेका ती मोटरसाइकल र भ्यानलाई राती पौने ९ बजेतिर जलाइएको स्थानीयले बताएका छन्। २०/२५ जनाको समूहमा आएको समुहले सवै गाडीमा पेट्रोल छर्केर आगो लगाएको युथफोर्स धनकुटाका संयोजक प्रविण पोखरेलले बताए।

धनकुटाको अर्खौले जितपुरबजारमा माओबादी र एमालेका कार्यकर्ताबीच झडप भएपछि सोमबार त्यता गएका युथफोर्सका कार्यकर्ताहरुको मोटरसाइकल र भ्यान माओवादी कार्यकर्ताले जलाएको हो।

http://nagariknews.com/politics/party-politics/6659-2009-11-03-04-30-48.html

The date September 11 2001


The September 11 attacks (often referred to as September 11th or 9/11) were a series of coordinated suicide attacks by Al-Qaeda upon the United States on September 11, 2001. On that morning, 19 Al-Qaeda terrorists hijacked four commercial passenger jet airliners The hijackers intentionally crashed two of the airliners into the Twin Towers of the World Trade Center in New York City, killing everyone on board and many others working in the buildings. Both buildings collapsed within two hours, destroying nearby buildings and damaging others. The hijackers crashed a third airliner into the Pentagon in Arlington, Virginia, just outside of Washington, D.C. The fourth plane crashed into a field near Shanksville in rural Pennsylvania, after some of its passengers and flight crew attempted to retake control of the plane, which the hijackers had redirected toward Washington, D.C. There were no survivors from any of the flights.

In total 2,993 people, including the hijackers, died in the attacks. The overwhelming majority of casualties were civilians, including nationals of over 90 countries. In addition, the death of at least one person from lung disease was ruled by a medical examiner to be a result of exposure to dust from the World Trade Center’s collapse. The United States responded to the attacks by launching a “War on Terrorism”, invading Afghanistan to depose the Taliban, who had harbored al-Qaeda terrorists, and enacting the USA PATRIOT Act. Many other countries also strengthened their anti-terrorism legislation and expanded law enforcement powers. Some American stock exchanges stayed closed for the rest of the week following the attack, and posted enormous losses upon reopening, especially in the airline and insurance industries. The destruction of billions of dollars worth of office space caused serious damage to the economy of Lower Manhattan.

The damage to the Pentagon was cleared and repaired within a year, and the Pentagon Memorial was built on the site. The rebuilding process has started on the World Trade Center site. In 2006 a new office tower was completed on the site of 7 World Trade Center. The 1 World Trade Center is currently under construction at the site and, at 1,776 ft (541 m) upon completion in 2011, it will become one of the tallest buildings in North America. Three more towers were originally expected to be built between 2007 and 2012 on the site.

Source: text – http://en.wikipedia.org/wiki/September_11_attacks
video: (first)http://www.youtube.com/watch?v=kv4s3fn8jDc&feature=related
(second) http://www.youtube.com/watch?v=KonFRhqbj2I&NR=1

युकेमा नेपाली विद्यार्थीका समस्या

विगत केही महिना यता उच्च शिक्षाका लागि ब्रिटेन आईपुगेका सैयौं नेपाली विद्यार्थीहरुले बसोबास तथा काम खोज्न निकै समस्या व्यहोर्नु परेको बताएका छन्।

ब्रिटेनको महङ्गो बसाई र आफुले ल्याएको सीमित खर्च सकिएपछि आंशिक काम नपाउंदा निकै कठिनाइ व्यहोर्नु परेको उनीहरुको गुनासो छ।

खासगरी विभिन्न कलेजहरुमा अध्ययनका लागि भर्ना भएर आएका विद्यार्थीहरुले त्यस्तो समस्या व्यहोर्नु परिरहेको बताएका छन्।

उनीहरुले कतिपय कलेजहरुमा पठनपाठनको स्तर आफुहरुले सोंचे अनुसार नभएको पनि जनाएका छन्।

गत वर्ष संयुक्त राज्य अमेरिकाबाट शुरु भएको विश्वव्यापी आर्थिक मन्दीले ब्रिटेनलाई पनि नराम्रोसंग गांजेको छ।

मन्दी

मन्दीका कारण यहां लाखौं मानिसहरु बेरोजगार भएका छन्।

विभिन्न कंपनी तथा कलकारखानाहरु पनि बन्द हुनपुगेकाले विदेशबाट आएका विद्यार्थीहरुले काम पाउन पनि निकै कठीन हुन पुगेको छ।

ब्रिटेनको जीवनशैली र यहां पढ्न, बस्न लाग्ने खर्चबारे राम्रोसंग नबुझेर सीमित रकम बोकेर आउने गर्नाले पनि विद्यार्थीहरुले समस्या व्यहोर्नु परेको कलेज सन्चालकहरु बताउंछन्।

हाल ब्रिटेनमा आईपुगेका नेपाली विद्यार्थीहरुले भोग्नु परेका समस्याबारे भगीरथ योगीले एक रिपोर्ट तयार पारेका छन्।

सो रिपोर्ट सुन्न यहां क्लिक गर्नुहोस्।

 

२०६६ भदौ ८

अन्तिम पटक किरनजीलाई भेट्दाखेरी दया पो पलाएर आयो । जे गर्ने भनेर गएको नहोला जस्तो भयो । मलाई हेदै महाराजगञ्जको नारायणगोपाल चोक देखी भाटभटेनी सुपरमार्केटतिर आउँदै गर्दा उसले दाइने काँधमा एकपाखे कालो झोला भिरेको थियो । उसले कालो रंगमाथी गाढा सेतो टिकटिक रंगको सट पुरानो जिन्सको पाइन्टभित्र घुसारेको थियो र असहज तरिकाले पेटी कसेको थियो । धमिलो र मैलो पाइन्टको किनारा जुत्ताको सुल देखी नै हिलै हिलोको छिटा थियो । कपाल नकोरेको हप्तौ भएजस्तो देखिन्थ्यो । अनुहारमा डण्डीफोरका दर्ुइचार फोकाहरु पाकेर टिल्ल देखिन्थे । अनुहारमा असामान्य कालो देखिन्थ्यो । उसले ऐना नहेको निकै भएको थियो होला अर्थात् उसले आफ्नो अनुहारलाई बेवास्ता गथ्र्यो । आँखामा केही अनौठो भय र अनुहार शंकाले भरिएको थियो । म माथी उसले सहजता देखाउन खोज्दै थियो । तर बिच बिचमा केही चुकेको जस्तो देखिन्थ्यो । म प्रति विश्वास बढी र अविश्वासको चौथाई भाव देखाउँदै थियो ।

भेटसँगै मैले उ सँग हात मिलाएँ दह्रोसँग, यानेकी म प्रति उसले केही पनि शंका नगरोस् । भेटपछि हुने सामान्य कुरा भए हात मिलाएकै अवस्थामा उसको हात छोड्दै छोडिनँ निकै बेरसम्म पनि । उसले केही असहज महसुस गरेपछि हात सिधै काँधमा धापेशैलीले उता तिर जाउँ भन्दै प्रहरीबिट तर्फलगेँ । म उसलाई उसको कामको बारेमा प्रश्न गर्न सुरु गरेँ, उसले भन्दै गयो अकमक्क शैलीमा, उसले मलाई ढाँट्दैछ भन्ने सहज अनुमान मैले लगाईसकेको थिएँ । उ भन्दै थियो म सुन्दै थिएँ । मेरो हात एउटा गोजीमा अर्काे उसको काँधमा आँखा केवल बाटोमा र बाटोमाथी एक दर्ुइ गर्दै सरिरहेको उसको जुत्तामा अनि घरीघरी उसको आँखामा । उसको ध्यान अर्कैतिर उत्तर म तिर थियो भरसक उ दर्ुइ मिनेट भित्रैमा मसँग छुटिने मनसायमा थियो । उ मलाई नहेरी आफ्नै तरिकाले कुरा गर्दै लगातार हिँडिरहेको थियो । तर उसको हिँर्डाई अब धेरै रहेन । हठात् तेस्रो हात उसको टाउकोको पछाटी केही झट्का परेसरी पर्न गयो । उ झसंग भयो । स्थिति बुझ्न सकेन । के हो के हो को असमञ्जस्यतामा थियो तर केही सेकेण्डमै उसको असमञ्जस्यता सामञ्जस्यतामा परिणत भयो । उसको काँधमाथीको मेरा दयालु हातहरु एकाएक उसको घाँटी थिच्न पुगे, पाएन्टको गोजीभित्र भएको अर्काे हात त्यसको साहारा बन्न आईपुग्यो । तेस्रो हातले पुनः अलिक बृहत बल लगाएर गालामा केही आवाज आउने गरी मुसार्‍यो । यति बेलासम्ममा अञ्जान चौथो र पाँचौ व्यक्ति आइपुगे र वस्तुस्थिति सोधे । मैले भने हाम्रो आन्तरिक मामिला हो । पाँचौले केही बोल्ने आँट गरेन । त्यसपछि म र तेस्रो हात भएर उसलाई सडक पारी ल्यायौँ । अब चौथो व्यक्ति आईपुग्यो । अजंगको ध्वनी आउने निर्जिव वस्तुमा चढेर । सिधै उ माथि प्रहार गर्न उसले एक्सिलेटर घुमायो तर हामीले उसलाई त्यसो गर्न दिएनौँ । सम्भावित हुनर्ुपर्ने घटनाबाट उसलाई बचायौँ । हामीलाई जति रिस उठेको थियोे भरपुर रिस पोख्न पाएनौँ ।

अब समाधान के त – सबै काम हाम्रै निगरानीमा गराउने । त्यसको लागि तेस्रो व्यक्तिले आफ्नै कार्यालयमा लगेर खाने बस्ने सुविधा सहित सबै काम गराउने सहमति भयो । उ अहिले काम गरिरहेको छ लिजमा ‘

मगरात र आत्मनिर्णयको अधिकार

भोजविक्रम बुढामगर

आत्मनिर्णयको अधिकारको सन्दर्भमा अहिले व्यापक बहस चलेको छ । यथार्थमा आत्मनिर्णयको अधिकार भनेको मानवअधिकार हो । मानवअधिकार भनेको लोकतान्त्रिक अधिकार हो । किनकि जहाँ लोकतान्त्रिक व्यवस्था र अभ्यास गरिन्छ त्यहाँ मात्र आत्मनिर्णयको अधिकारको प्रत्याभूति दिन सकिन्छ । अर्को शब्दमा भन्नुपर्दा आत्मनिर्णयको अधिकार भनेको नागरिकको सार्वभौम अधिकार हो । आत्मनिर्णयको अधिकारको प्रयोग सारमा मानव जातिको उत्कृष्ट राजनीतिक अधिकार पनि हो ।

मगरात

मगर जातिको ऐतिहासिक थात थलो नै मगरात हो । जहाँ मगरजातिको आदिमकालदेखि नै सम्बन्ध छ । त्यहाँ मगरहरूको आˆनै भूमि छ । उनीहरूको ऐतिहासिक धरोहर, कला, संस्कृति र जनसंख्याको उपस्थिति छ । त्यो क्षेत्र वा भूमिमा मगरहरू सदियौँदेखि आˆनो मौलिक पहिचान र संस्कृतिबाट सुसम्पन्न छन् । मगरको मूल थलो, उद्गम क्षेत्र, सघन बसोबास र उनीहरूको पृथक् र मौलिक पहिचान सहितको भूभागलाई मगरात भनिन्छ । मगर जातिको आदिमकालदेखि नै त्यो भूमिसँग प्रत्यक्ष सम्बन्ध रहँदै आएको छ । यथार्थमा मगरात साझा संस्कृति र सभ्यताको पहिचान पनि हो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल विभिन्न जाति, भाषा र क्षेत्रलाई मूल आधार बनाउँदै राज्यको पुनःसंरचना गरी नयाँ नेपालको स्वरूप निर्माण हुँदैछ । त्यस्तो स्वरूपभित्र मगर जातिहरूको ऐतिहासिक उपस्थिति र महìवको आधारमा मगरात स्वायत्त प्रदेश/क्षेत्र वा राज्यको निर्माण हुनेछ । मगरातभित्र मगरहरूले उनीहरूको निर्णय आफै गर्न पाउने अधिकारलाई सुनिश्चित गरिनेछ । मगरहरूको राज्य मगरातमा केन्द्र वा अन्य राज्यबाट गरिएको निर्णयको पालना मात्र गर्ने हो भने त्यो मगरात राजनीतिक अधिकार सम्पन्न राज्य हुन सक्दैन । त्यसैले मगरात स्वायत्त प्रदेश निर्माण र त्यस क्षेत्रको चौर्तर्फी विकासका लागि त्यहाँको नागरिकले आफै निर्णय गर्न पाउने अधिकार नै आत्मनिर्णयको अधिकार हो । मगरातमा मगरइतरका अन्य समुदायका नागरिकले आˆनो राजनीतिक, आर्थिक, सांस्कृतिक, धार्मिक, शैक्षिक लगायतका सबै क्षेत्रमा पूर्णसमानुपातिक प्रतिनिधित्वसहित विशेष प्रतिनिधित्वको ग्यारेन्टी गरिनेछ ।

चुनौती र सम्भावना

आत्मनिर्णयको अधिकार राज्यको रूपमा स्वाधीन अस्तित्व कायम गर्ने जातिहरूको अधिकार हो । लेनिन भन्छन् “जातिको आत्मनिर्णयको अधिकारको कार्यक्रम ऐतिहासिक आर्थिक दृष्टिकोणबाट राजनीतिक आत्मनिर्णय, राजकीय ९क्तबतभ० स्वतन्त्रता जातीय राज्यको निर्माणको अतिरिक्त अरु केही पनि हुन सक्तैन ।” अमेरिकी पूर्व राष्ट्रपति विड्रो विल्सनले उपनिवेशमा रहेका मुलुकहरूले उपनिवेशबाट मुक्ति पाउने सिद्धान्तको आधारमा प्रतिपादन गरे भनेे संयुक्त राष्ट्रसङ्घ तथा अन्तर्राष्ट्रिय श्रम महासन्धिले ९क्ष्ीइ ज्ञटढ० आदिवासी जनजातिलाई प्राकृतिक स्रोत -जल, जंगल र जमिन) माथि अग्राधिकार को व्यवस्था गर्नुको साथै उनीहरूको संास्कृतिक, मौलिक, भाषिक क्षेत्रका आधारमा उनीहरूलेे आˆनो मूल्य र मान्यतालाई बचाइराख्न आत्मनिर्णयको अधिकारलाई व्याख्या गरिएको छ । त्यसै गरी अन्तर्राष्ट्रिय कानुनले पनि आत्मनिर्णयको अधिकारलाई नागरिकको नैसर्गिक अधिकारको रूपमा व्याख्या गरेको छ । यसरी उपर्युक्त आधारबाट पनि नेपालमा आत्मनिर्णयको अधिकारको प्रयोगको सम्भावना प्रबल बनेर गएको छ । अझ स्मरणीय अर्को पक्ष के छ भने अन्तर्राष्ट्रिय कानुनमा व्यक्तिहरू भन्नाले आदिवासी समूह र केही अल्पसंख्यक जनजातिपर्ने भएकाले र नेपालमा आदिवासी जनजाति र अल्पसंख्यकहरूको विशिष्ट उपस्थिति भएकोले पनि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा बलिया आधारहरू छन् ।

आत्मनिर्णयको अधिकारलाई छुट्टनि पाउने अधिकारको रूपमा मात्र बुझ्नु एउटा गम्भीर चुनौती हुनेछ । वास्तवमा आत्मनिर्णयको अधिकार र छुट्टनि पाउने अधिकार फरक सिद्धान्त हो । यहाँका आदिवासी जनजातिले सबभन्दा बढी आत्मनिर्णयको अधिकारको माग गरिरहेका छन् किनकि उनीहरू सधँै शासित छन् उनीहरूले आˆनो निर्णय आफै गर्न पाएका छैनन् । राज्य, सरकार र राजनीतिक दलहरूले आत्मनिर्णयको अधिकारलाई नागरिकको नैसर्गिक अधिकारको रूपमा नबुझी वञ्चित गरेमा उनीहरूले आत्मनिर्णयको अधिकारलाई प्रयोग गरी छुट्टनि सक्ने सम्भावना छ । त्यसैले राष्ट्रलाई अविभाजित गरी सबल र समृद्ध नेपाल निर्माणका लागि आत्मनिर्णयको अधिकारलाई राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभवबाट शिक्षा ग्रहण गर्दै कार्यान्वयन गर्नुपर्छ ।

आत्मनिर्णय र लोकतन्त्र एक अर्काका परिपूरक हुन् । जब बाहुल्य भएको समूहले त्यही राष्ट्रका अरु जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक पहिचानलाई बिर्सिदिन्छन् तब आत्मनिर्णयको माग उठ्छ । विश्वमा जति पनि द्वन्द्व भएका छन् त्यो वास्तवमा आत्मनिर्णयको अधिकार वञ्चित गरिँदा भएका छन् । आत्मनिर्णयको अधिकारले राष्ट्रियतालाई मजबुत पार्नुको साथै देशलाई एक राख्छ । आत्मनिर्णयको अधिकार प्रचलित अन्तर्राष्ट्रिय कानुनको एक ज्यादै महìवपूर्ण सिद्धान्त पनि हो । यसले अन्तर्राष्ट्रिय स्तरमै नागरिकको नैसर्गिक र लोकतान्त्रिक अधिकारको रूपमा स्थान पाएको छ । नेपालको सन्र्दभमा यहाँका आमनागरिकले आत्मनिर्णयको अधिकारलाई नैर्सगिक अधिकारकोे रूपमा लिएका छन् । पछि परेका जाति, वर्ग, लिङ्ग, क्षेत्र र समुदायको राजनीतिक मुक्तिका लागि आत्मनिर्णयको सिद्धान्त अपरिहार्य बनेको छ । मगर जाति पनि एउटा उत्पीडित भएकाले आत्मनिर्णयको अधिकार उनीहरूलाई पनि अपरिहार्य बनेको छ ।

-लेखक नेपाल मगर विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष हुनुहुन्छ)

Source: Gorkhapatra Daily 2066 Asar 12

http://gorkhapatra.org.np/gopa.detail.php?article_id=20276&cat_id=18

// –>
// –>

म असुरक्षित छु

विगत केही दिनअगाडि देखी मैले आफूलाई केही असुरक्षित र अप्ठ्यारो महसुस गरिरहेको छु । अचानक यस्तो होला जस्तो मलाइ लागेको थिएन । आफ्नो काम प्रति मलाई आत्मगौरव थियो तर ती सारा स्वाभिमानहरू पलपल ध्वस्त हुँदै गइरहेजस्तो लागिरहेको छ । मैले मेरो कर्तव्यप्रति इमान्दारीता देखाउन सक्दो प्रयास गरे आखिर गल्ती हुने नै रहेछ । जानीजानी नगरेपनि सबै कुराको ख्याल गर्दागर्दै पनि अँध्यारोमा हिँड्दाहिँड्दै खुट्टामा ठेस लागेजस्तो भएको छ । त्यसैले म यो निश्पट्टताबाट धमिलो रश्मीको खोजीमा छु कहिले उज्यालो होला भन्दै । कतै उज्यालो नहुँदै म ठूलो दर्ुघटनामा त पर्ने होइन – मलाई ज्यादै डर लागिरहेको छ । तर यस रातमा उज्यालो दिने होइन अँध्यारोमाथी फगत भाँच्चिएको लौरो दिनेको समेत आशा छैन ।

new year 066

// –>
// –>



त्यस्तो होला भन्ने मैले सोचेकै थिइन । तर भयो । सबैले रमाइलो गर्ने योजना बनाएका थिए । तर मेरो कुनै योजना नै थिएन । गरिबी लुकाएर कहाँ लुक्ने रहेछ र त्यसको प्रष्ट रुप सबैले देखे त्यो दिन । तर स्थिति एकाएक बदलियो मध्यान्हदेखी सुरुवात भयो क्रमश केही परिवर्तन । सोचेकै थिइनँ केही समयमै हुनुपर्ने कुरा भयो । यति नै होला भनेको जब दिन ढल्दै थयो थप रमाइलो हुँदै गयो । त्यो मित्र जसलाई मैले चिनेको धेरै समय भएको थिएन । त्यति घनिष्टता पनि थिएन । तर यति रमाइलो भयो कि उसँग साँझ पर्दै गयो झन् झन् स्थिति रोमााचक बन्दै गयो । त्यो समय असाध्यै मायालाग्दो पनि भयो । ओहो ाेाे बाध्यता … ढिलो भईसकेको थियो लोकसेवाको लागि तयारी गर्नु छ भनेर उ आफ्नो घर तिर लाग्यो । हामी पनि हुइँकियौँ आफ्नो गन्तव्य तिर । कसले पो बुझ्छ र आखिर यो …

नववर्ष ०६६को शुभकामना

happy new year 2066

नववर्ष ०६६को शुभकामना

BEAUTY

आज साह्रै नै लज्जास्पद घटना घट्न पुग्यो । यस्तो हुन्छ कि ? जस्तो त मलाई पहिले नै लाग्दै थियो । तर जे नहुनु त्यही भयो । मैले त्यसमा मन नगरेको र अर्कै जरुरी काम परेकोेले मात्रै हो नत्र भने लज्जास्पद स्थानमा म पनि पानी पानी हुनर्ुपर्ने थियो । अहिले लाग्छ धन्य परमेश्वर।

के गर्नु पेट्रोल बिना इन्जिन चल्दैन । पेट्रोल जसरी पनि लगाउनै पर्छ । माहुरीको घारमा सिधै घोचा लिएर च्वाक्क च्वाक्क पारेपछि सद्दे आँखाको आशा गर्नु पनि त भएन । माहुरी पाल्नेले बिस्तारै हातै लगाएर घार चलाए त ठिकै हुन्थ्यो तर के गर्नु पाल्नेले पनि पहिल्यै सातो जाने गरी चिल खाए पछि ।

लाज पनि लाग्यो रिस पनि उठ्यो, हाँसो पनि लाग्यो के अब यस्तै हो त – अरे े े े े े े हैन हौ ै ै ौ ौ ौ ौ दिमागै बिग्रिएला कि – जस्तो पो भईसक्यो मेरो त । हुन त यो कुरा कसले बुझ्न सक्छ र यसरी लेखे पछि मेरो दिमागमा अलिकति शितलता चाहिँ आयो ।।

tAAj mAhAl

LotAs

taaj mahal

tAAj mAhAl

Next Page »


पूर्वराजा ज्ञानेन्द्रलाई सुझाव

राजसंस्था समाप्तीको कुरा काल्पनिका

GIRIZA No more …

Love

Melting Himalaya

पञ्चेश्वरले खोल्ने द्विपक्षीय जलस्रोतको अध्याय हेर्न बाँकी

model watch

Newspapers

visit

  • 2,742 times

Calendar

January 2012
M T W T F S S
« Mar    
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Entertainment

विश्वकै होचो व्यक्ति रेखा थापालाई चुम्बन गर्दै ।


Follow

Get every new post delivered to your Inbox.