अन्तिम पटक किरनजीलाई भेट्दाखेरी दया पो पलाएर आयो । जे गर्ने भनेर गएको नहोला जस्तो भयो । मलाई हेदै महाराजगञ्जको नारायणगोपाल चोक देखी भाटभटेनी सुपरमार्केटतिर आउँदै गर्दा उसले दाइने काँधमा एकपाखे कालो झोला भिरेको थियो । उसले कालो रंगमाथी गाढा सेतो टिकटिक रंगको सट पुरानो जिन्सको पाइन्टभित्र घुसारेको थियो र असहज तरिकाले पेटी कसेको थियो । धमिलो र मैलो पाइन्टको किनारा जुत्ताको सुल देखी नै हिलै हिलोको छिटा थियो । कपाल नकोरेको हप्तौ भएजस्तो देखिन्थ्यो । अनुहारमा डण्डीफोरका दर्ुइचार फोकाहरु पाकेर टिल्ल देखिन्थे । अनुहारमा असामान्य कालो देखिन्थ्यो । उसले ऐना नहेको निकै भएको थियो होला अर्थात् उसले आफ्नो अनुहारलाई बेवास्ता गथ्र्यो । आँखामा केही अनौठो भय र अनुहार शंकाले भरिएको थियो । म माथी उसले सहजता देखाउन खोज्दै थियो । तर बिच बिचमा केही चुकेको जस्तो देखिन्थ्यो । म प्रति विश्वास बढी र अविश्वासको चौथाई भाव देखाउँदै थियो ।
भेटसँगै मैले उ सँग हात मिलाएँ दह्रोसँग, यानेकी म प्रति उसले केही पनि शंका नगरोस् । भेटपछि हुने सामान्य कुरा भए हात मिलाएकै अवस्थामा उसको हात छोड्दै छोडिनँ निकै बेरसम्म पनि । उसले केही असहज महसुस गरेपछि हात सिधै काँधमा धापेशैलीले उता तिर जाउँ भन्दै प्रहरीबिट तर्फलगेँ । म उसलाई उसको कामको बारेमा प्रश्न गर्न सुरु गरेँ, उसले भन्दै गयो अकमक्क शैलीमा, उसले मलाई ढाँट्दैछ भन्ने सहज अनुमान मैले लगाईसकेको थिएँ । उ भन्दै थियो म सुन्दै थिएँ । मेरो हात एउटा गोजीमा अर्काे उसको काँधमा आँखा केवल बाटोमा र बाटोमाथी एक दर्ुइ गर्दै सरिरहेको उसको जुत्तामा अनि घरीघरी उसको आँखामा । उसको ध्यान अर्कैतिर उत्तर म तिर थियो भरसक उ दर्ुइ मिनेट भित्रैमा मसँग छुटिने मनसायमा थियो । उ मलाई नहेरी आफ्नै तरिकाले कुरा गर्दै लगातार हिँडिरहेको थियो । तर उसको हिँर्डाई अब धेरै रहेन । हठात् तेस्रो हात उसको टाउकोको पछाटी केही झट्का परेसरी पर्न गयो । उ झसंग भयो । स्थिति बुझ्न सकेन । के हो के हो को असमञ्जस्यतामा थियो तर केही सेकेण्डमै उसको असमञ्जस्यता सामञ्जस्यतामा परिणत भयो । उसको काँधमाथीको मेरा दयालु हातहरु एकाएक उसको घाँटी थिच्न पुगे, पाएन्टको गोजीभित्र भएको अर्काे हात त्यसको साहारा बन्न आईपुग्यो । तेस्रो हातले पुनः अलिक बृहत बल लगाएर गालामा केही आवाज आउने गरी मुसार्यो । यति बेलासम्ममा अञ्जान चौथो र पाँचौ व्यक्ति आइपुगे र वस्तुस्थिति सोधे । मैले भने हाम्रो आन्तरिक मामिला हो । पाँचौले केही बोल्ने आँट गरेन । त्यसपछि म र तेस्रो हात भएर उसलाई सडक पारी ल्यायौँ । अब चौथो व्यक्ति आईपुग्यो । अजंगको ध्वनी आउने निर्जिव वस्तुमा चढेर । सिधै उ माथि प्रहार गर्न उसले एक्सिलेटर घुमायो तर हामीले उसलाई त्यसो गर्न दिएनौँ । सम्भावित हुनर्ुपर्ने घटनाबाट उसलाई बचायौँ । हामीलाई जति रिस उठेको थियोे भरपुर रिस पोख्न पाएनौँ ।
अब समाधान के त – सबै काम हाम्रै निगरानीमा गराउने । त्यसको लागि तेस्रो व्यक्तिले आफ्नै कार्यालयमा लगेर खाने बस्ने सुविधा सहित सबै काम गराउने सहमति भयो । उ अहिले काम गरिरहेको छ लिजमा ‘











