युकेमा नेपाली विद्यार्थीका समस्या

विगत केही महिना यता उच्च शिक्षाका लागि ब्रिटेन आईपुगेका सैयौं नेपाली विद्यार्थीहरुले बसोबास तथा काम खोज्न निकै समस्या व्यहोर्नु परेको बताएका छन्।

ब्रिटेनको महङ्गो बसाई र आफुले ल्याएको सीमित खर्च सकिएपछि आंशिक काम नपाउंदा निकै कठिनाइ व्यहोर्नु परेको उनीहरुको गुनासो छ।

खासगरी विभिन्न कलेजहरुमा अध्ययनका लागि भर्ना भएर आएका विद्यार्थीहरुले त्यस्तो समस्या व्यहोर्नु परिरहेको बताएका छन्।

उनीहरुले कतिपय कलेजहरुमा पठनपाठनको स्तर आफुहरुले सोंचे अनुसार नभएको पनि जनाएका छन्।

गत वर्ष संयुक्त राज्य अमेरिकाबाट शुरु भएको विश्वव्यापी आर्थिक मन्दीले ब्रिटेनलाई पनि नराम्रोसंग गांजेको छ।

मन्दी

मन्दीका कारण यहां लाखौं मानिसहरु बेरोजगार भएका छन्।

विभिन्न कंपनी तथा कलकारखानाहरु पनि बन्द हुनपुगेकाले विदेशबाट आएका विद्यार्थीहरुले काम पाउन पनि निकै कठीन हुन पुगेको छ।

ब्रिटेनको जीवनशैली र यहां पढ्न, बस्न लाग्ने खर्चबारे राम्रोसंग नबुझेर सीमित रकम बोकेर आउने गर्नाले पनि विद्यार्थीहरुले समस्या व्यहोर्नु परेको कलेज सन्चालकहरु बताउंछन्।

हाल ब्रिटेनमा आईपुगेका नेपाली विद्यार्थीहरुले भोग्नु परेका समस्याबारे भगीरथ योगीले एक रिपोर्ट तयार पारेका छन्।

सो रिपोर्ट सुन्न यहां क्लिक गर्नुहोस्।

 

0 Responses to “युकेमा नेपाली विद्यार्थीका समस्या”



  1. Leave a Comment

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s




पूर्वराजा ज्ञानेन्द्रलाई सुझाव

राजसंस्था समाप्तीको कुरा काल्पनिका

GIRIZA No more …

Love

Melting Himalaya

पञ्चेश्वरले खोल्ने द्विपक्षीय जलस्रोतको अध्याय हेर्न बाँकी

model watch

Newspapers

visit

  • 2,964 times

Calendar

October 2009
M T W T F S S
« Aug   Nov »
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Entertainment

विश्वकै होचो व्यक्ति रेखा थापालाई चुम्बन गर्दै ।


Follow

Get every new post delivered to your Inbox.