In my home town
Since a day before yesterday the main opposition party of Nepal (Maoist) started their second phase of protest again nationally seeking to restore “civilian supremacy”. At Arkhoule Jeetpur VDC of Dhankuta district they show aggression with the cadre of UML.
Two people hardly injured while they fight each other. A head of one cadre has been broken and four fingers has been cut down, likewise another one has badly injured.
एकीकृत माओवादी पार्टी कार्यालय तोडफोड
सिद्धराज राई, धनकुटा, कात्तिक १७- सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको युथ फोर्सका कार्यकर्ताले मंगलबारदेखि अनिश्चितकालीन धनकुटा बन्दको घोषणा गरेको छ। एकीकृत नेकपा माओवादी जिल्ला कमिटी धनकुटा र अन्य जनवर्गीय संगठनको कार्यालय युथफोर्सले मंगलबार बिहान तोडफोड र आगजानी गरेका छन्।
गएराति धनकुटाकै सिधुवा बजारमा युथफोर्सका कार्यकर्ता चढेको ९ वटा मोटरसाइकल र एउटा भ्यानमा माओवादी कार्यकर्ताले आगजानी गरे पछि मंगलबार बिहानैदेखि धनकुटा बजारमा तोडफोड सुरु भएको हो। युथफोर्सका कार्यकर्ताले धनकुटाको हुलाकटोलमा रहेको माओवादीको जिल्ला पार्टी कार्यालय र जनवर्गीय संगठनको बोर्ड र कागजपत्र बाहिर निकाली जलाइदिएका छन्।
युथफोर्स धनकुटाले मोटरसाईकल आगजानी गर्ने घटनामा संलग्न ब्यक्तिलाई कार्वाही गर्नु पर्ने र क्षतिपूर्ति पाउनु पर्ने भन्दै युथफोर्सले बन्दको आयोजना गरेको युथफोर्स धनकुटाका संयोजक प्रवीण पोखरेलले बताए। बन्दको कारण विहानै देखि धनकुटामा सवारीसाधन चलेका छैनन् र पसल खुलेका छैनन्।
यस अगाडि गएराति धनकुटाको सिंधुवा बजारमा घरभित्र राखिएको नौ वटा मोटरसाइकल र १ वटा मारुती भ्यान नेकपा माओबादीका कार्यकर्ताले जलाइदिएका थिए। युथफोर्सका कार्यकर्ताले प्रयोग गरेका ती मोटरसाइकल र भ्यानलाई राती पौने ९ बजेतिर जलाइएको स्थानीयले बताएका छन्। २०/२५ जनाको समूहमा आएको समुहले सवै गाडीमा पेट्रोल छर्केर आगो लगाएको युथफोर्स धनकुटाका संयोजक प्रविण पोखरेलले बताए।
धनकुटाको अर्खौले जितपुरबजारमा माओबादी र एमालेका कार्यकर्ताबीच झडप भएपछि सोमबार त्यता गएका युथफोर्सका कार्यकर्ताहरुको मोटरसाइकल र भ्यान माओवादी कार्यकर्ताले जलाएको हो।
http://nagariknews.com/politics/party-politics/6659-2009-11-03-04-30-48.html











