
धेरै पछि आज एउटा मुभी हेरेर सुत्दा राति अबेर मात्र सुतियो । निकै गर्मी बढेकोले झ्यालको पर्दा पनि खुल्लै राखेर सुतेको थिएँ । चाँडै निदाइएछ । एक्कासी सबैतिर रातो, उज्यालो र चम्किलो भएजस्तो लाग्यो, बिहान भइसकेको रहेछ, घामको उज्यालो सिधै मेरो आँखामा परेकोले यस्तो भएको रहेछ । झट्ट करिब १ महिना अगाडिको कुरा याद आयो । हामी तीनजना एउटै कोठामा सुतेका थियौँ, धुलिखेल रिसोर्टमा, राजेशजी, खिमाजी र म । राजेशजी काठमाडौँकै रैथाने मान्छे, खिमाजी मध्यपश्चिम पहाडबाट आउनुभएको, म पर्ूवेली गाउँले ठिटो । त्यसदिन पनि राती त्यस्तै १२/१ बजेमात्र सुतेका थियौँ, तर खिमाजीको बिहानै उठ्ने बानी रहेछ । वहाँसँगै राजेशजी पनि उठिहाल्नुभयो म भने तन्द्रामै थिएँ । वहाँहरु केही कुराकानी गर्दैहुनुहुन्थ्यो । एकछिन पछि राजेशजीले कोठाभित्रैबाट भन्नुभयो- ‘आहा! कतिराम्रो सनर्राईजिङ हर्ेनाेस् त खिमासर – ।’ उहाँ एकदमै रोमाञ्चित र आनन्दित हुनुभयो । यसले मलाई अलिक जाग्राम बनायो । खिमाजीको उत्तर आयो- ‘यस्तो त गाउँमा हाम्रो गोठबाट सँधै देखिन्छ । भित्रैदेखि हाँसो उठ्यो, हामी दर्ुइजना मात्र हाँस्यौ राजेशजीले हल्कामात्र साथ दिनुभयो ।
साँच्चिकै चिसो बिहानसँगै नजिकैको हरियो डाँडामाथी झुल्किएको सुनौलो घामको दृश्य देख्दा सबैलाई रमाइलो लाग्दो हो । तर सँधै गोठैबाट देखिने त्यो उज्यालो डाँडामाथीको डल्लोले हामीलाई चाहिँ कुनै रमाइलो भएन । …















